Like us!
Follow us!
Connect us!
Watch us!

पतिको हत्या आरोपमा पक्राउ

मंगलबार, १० साउन २०७४, १२ : ०७ मा प्रकाशित

पतिको हत्या आरोपमा पक्राउ

अर्थ संसार, लहान– पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी ३४ वर्षीय शत्रुघ्न यादवको धारिलो हतियार प्रहार गरी गत जेठ १७ गते हत्या भएको थियो ।

घटनाको अनुसन्धानका क्रममा शत्रुघ्न यादवकी कान्छी श्रीमती २५ वर्षीया शुभकलादेवी र सिरहा नगरपालिका–१९ निवासी ५५ वर्षीय रामचरित्र ठाकुरको संलग्नता पाइएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

घटना लगत्तैदेखि फरार दुवै जनालाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा नगरपालिका–७ हेमनारायण चोक नजिकैबाट पक्राउ गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको