Like us!
Follow us!
Connect us!
Watch us!

स्वदेशी लद्युवित्त नाफामा छलङ्ग मार्दै

मंगलबार, १० साउन २०७४, ११ : ०९ मा प्रकाशित

स्वदेशी लद्युवित्त नाफामा छलङ्ग  मार्दै

अर्थ संसार, काठमाण्डौ –  स्वदेशी लघुवित्त बित्तीय संस्थाले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ३९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो संस्थाको नाफा १ करोड ५५ लाख मात्र थियो ।

व्यवसाय वृद्धिमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानीतर्फ राम्रो वृद्धि भएको छ । अघिल्लो वर्ष ६ करोड ७४ लाख खूद ब्याज आम्दानी गरेको स्वदेशी लघुवित्तले २०७३/७४ मा  ११ करोड ७५ लाख त्यस्तो आम्दानी गर्न सफल भएको छ ।

यो अवधिमा १ अर्ब २ करोड सापटी लिएर तथा ३४ करोड ११ लाख निक्षेप संकलन गरी १ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यो लघुवित्तले ७२ करोड ६३ लाख सापटी लिई तथा १२ करोड ८३ लाख निक्षेप संकलन गरी ७३ करोड ५९ लाख कर्जा प्रवाह गरेको थियो ।

निस्क्रिय कर्जा ०७३/७४ मा बढेर १.२४ प्रतिशतको अनुपातमा आइपुुगेको छ । यो अवधिमा स्वदेशीको वार्षिक प्रतिसेयर आम्दानी ३२.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८.६६ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य २१४२.०९ र तरलता अनुपात १०.५० कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको