Like us!
Follow us!
Connect us!
Watch us!

चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म सिधा बस सेवा

शनिबार, ०७ साउन २०७४, १४ : ४६ मा प्रकाशित

चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म सिधा बस सेवा

अर्थ संसार, ललितपुर– आजदेखि गोदावरी नगरपालिका, चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म सिधा बस सेवा सञ्चालन भएको छ ।

सो अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जनताको सुविधाका लागि बस सेवा सञ्चालन गरेको बताउँदै बस सेवाले नगरवासीलाई सहज बनाएको छ भन्नुभयो ।

उहाँले नगरवासीले पाउने सुविधामा कुनै सम्झौता हुन सक्दैन भन्दै गोदावरी नगरपालिकाभित्र चक्रपथ निर्माणको लक्ष्य रहेको जानकारी दिनुभयो ।

सर्वसाधारणलाई थप सेवा पु¥याउने उद्देश्यले साझा यातायातसँग नगरपालिकाले रु १० लाखको शेयर लिने योजना रहेको पनि प्रमुख महर्जनले बताउनुभयो ।

बज्रवाराही यातायात सेवा प्रालिद्वारा सञ्चालित उक्त बस सेवा नियमित र दु्रत गतिमा हुने प्रालिका अध्यक्ष मनोजकुमार महर्जनले बताउनुभयो ।

सर्वसाधारणलाई ध्यानमा राख्दै पाँचवटा बसबाट सेवा सञ्चालन गरेको जानकारी दिदैं उहाँले आगामी एक वर्षभित्र २५ वटा बस थप्ने योजना रहेको बताउनुभयो ।

बसभित्र सिसी टिभी र टिभीको सुविधासमेत रहेको अध्यक्ष महर्जनले भन्नुभयो – “प्रतियात्रु भाडा रु २५ लाग्ने छ ।” रा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको