Like us!
Follow us!
Connect us!
Watch us!

तामाकोशी तेस्रोका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान हुँदै

मंगलबार, ०३ साउन २०७४, १२ : ५६ मा प्रकाशित

तामाकोशी तेस्रोका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान हुँदै

अर्थ संसार, काठमाडौँ– लामो समयदेखि विवादको भूमरीमा फस्दै आएको तामाकोशी तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि लगानी बोर्डले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ ।

बोलपत्रको आवश्यक प्रक्रिया सुरु भएको लगानी बोर्डले जनाएको छ । कुल ६५० मेगावाट क्षमताको तामाकोसी तेस्रो जलविद्युत आयोजना प्रतिस्पर्धाबाट निर्माण गर्ने तर्फ प्रक्रिया सुरु गरिएको हो  ।

बोर्डले आन्तरिक वित्तीय स्रोतको समेत उपयोग हुने गरी चालु आर्थिक वर्षमै मुल विकासकर्ताको बहुमत लगानी, सरकार, सरकारबाट प्रवद्र्धित संस्था र सर्वसाधारणको समेत लगानी हुने गरी बोलपत्रको काम अगाडि बढाउन लागिएको हो र बोलपत्रबाट नै लगानीकर्ताको छनौट गरिने छ ।

चालु आर्थिक वर्षमा आयोजनाका लागि ग्लोबल टेण्डरको काम सम्पन्न गर्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताएका छन् ।
केही समय पहिले राजधानीमा सम्पन्न लगानी सम्मेलनमा चीनको उलिङ पावर कर्पोरेशन लिमिटेडले आयोजनामा १ अर्ब २० करोड अमेरिकी डलर लगानीको प्रस्ताव गरेको थियो ।
दोलखा र रामेछापमा पर्ने आयोजनाका लागि रु १ खर्ब ११ अर्ब ३० करोड लाग्ने अनुमान गरिएको छ । सो  आयोजनाबाट वार्षिक २ अर्ब ३५ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

सो आयोजना दैनिक न्युनतम ४ घण्टा पुर्ण क्षमतामा सञ्चालन गर्न सकिने देखिएको छ । नर्वेको स्ट्याटक्राप्टले हात झिकेपछि बोर्डले नयाँ प्रारुपमा आयोजना बनाउने तयारी थालेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको