Like us!
Follow us!
Connect us!
Watch us!

एम्कोले भित्रायो विश्वस्तरका नयाँ शक्तिशाली ब्याट्रिहरु

शुक्रबार, ३० असार २०७४, २० : ३३ मा प्रकाशित

एम्कोले भित्रायो विश्वस्तरका नयाँ शक्तिशाली ब्याट्रिहरु

 बौद्ध इन्टरप्राइजेजद्वारा वेभ तथा मोबाइल एप्लिकेसन संचालन

अर्थ संसार, काठमाडौं– नेपालको लागि एम्को व्याट्रिको अधिकृत विक्रेता तथा सेवाप्रदायक वितरक कम्पनी बौद्ध इन्टरप्राइजेज प्राइभेट लिमिटेडले एम्को ब्याट्रिको नविन प्रविधिका विशिष्ट तथा विश्वस्तरिय नयाँ ब्याट्रिहरु बजारमा ल्याएको घोषणा गरेको छ ।

ती ब्याट्रिहरुलाई AMCO MAXLASTTM, AMCO SUPER STARTTM, AMCO ULTRA LIFETM, AMCO NEXGENTM, AMCO ENDURATM ब्राण्ड नामबाट बजारमा भित्राइएको काठमाडौंस्थित होटल शाग्रिला आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।


एम्को ब्याट्रिको नेपालको लागी आधिकारीक विक्रेता बौद्ध इन्टरप्राइजेजले एम्कोका उत्पादनहरुको बारेमा थप जनचेतना फैलाउन वेभ तथा मोबाइल एप्सका साथै लोयल्टी आधारीत खुद्राव्यापार उपहार कार्यक्रम पनि सुरुवात गरेको छ । यो वेभ तथा मोबाइल एप्सलाई बौद्ध इन्टरप्राइजेजको वेभसाइट www.baudhaenterprises.com.np वा गुगल प्ले स्टोरबाट "AMCONEPAL" आफ्नो मोबाइलमा सिधै डाउनलोड गर्न सकिन्छ ।

एम्को ब्याट्रि लिमिटेड ६० वर्ष लामो वृहत अनुभव बटुलेको कम्पनी हो । बजारमा रहेका प्रमुख दुई पाग्रें र ट्रा्यक्टर निर्माण कम्पनीहरु जस्तै TVS Motors, Bajaj Auto, Hero MotoCorp, Honda, Suzuki, Royal Enfield, Yamaha, International Tractors, TAFE तथा TMTL ले आफ्ना उत्पादनहरुमा कम्पनीबाटै एम्को ब्याट्रि जडान गरि बजारमा पठाउने गरेका छन् ।

कार्यक्रममा एम्को ब्याट्रि लिमिटेडका कार्यकारी निर्देशकले श्री एस. रामाचन्द्रनले “आज हामीले बजारमा भित्राएका विद्युतिय उत्पादनहरुको कार्यक्षमताको तुलनामा अरु नरहेको र जे.आइ.एस. विशिष्टिकरण अन्तर्गतको  हेभि लोड बहन क्षमता जा“चमा उल्लेखनिय मात्राले अगाडि पाइएको छ ।

यी उत्पादनहरु साँच्चै नै बजारमा पाइने अरु समान उपकरणहरुको तुलनामा विशिष्ट श्रेणीका छन् ।” भन्नु भयो । व्यापार तथा बजारीकरण शाखा (शेल्स तथा मार्केटिङ्ग)का उपप्रमुख श्री आर. श्रावन कुमारले “एम्कोको लागी नेपाल आधिकारीक बिक्रेता बौद्ध इन्टरप्राइजेजसंग सहकार्य गर्न पाउँदा हामी निकै गर्वान्भित भएका छौं । हाम्रो नेपाल एम्बेसेडरसंगको सहकार्यमा नेपालका ग्राहकहरुलाई एम्कोका उच्चस्तरिय उत्पादन र सेवा प्रदान गर्नेछौं ।” बताउनु भयो ।

“एम्कोका नया“ प्रविधियुक्त ब्याट्रिहरुको गुणस्तरीयताले गर्दा हामी उत्साहित छौं साथै यस ब्याट्रिहरु चाँडैनै नेपालका प्रयोगकर्ताहरु माझ लोकप्रिय हुनेछन् भन्नेमा हामी विश्वस्त छौं” बौद्ध इन्टरप्राइजेजका कार्यकारी अध्यक्ष श्री विराज ज्ञवालीले भन्नु भयो ।

अध्यक्ष ज्ञवालीले “हामीले हालैमात्र स्थापना गरेको वेभ तथा मोबाइल एप्सले मार्केटि¨ सञ्चारमञ्चलाई फराकिलो पार्नुका साथै हाम्रा थोक तथा खुद्रा विक्रेताहरुसंगको अन्तरक्रिया थप सहज हुनेछ । एम्कोको स्तरिय उत्पादन सहितको निरन्तर सल्लाह र हाम्रा थोक तथा खुद्रा विक्रेताहरुको सहयोगले नै हामीले निकट भविष्यमा उल्लेखनिय बजार ओगोट्ने दृढ विश्वास छ ।” पनि बताउनु भयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको