Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी बिकास बैंक अब सुनसरीको हरिनगरामा

शुक्रबार, ३० असार २०७४, १९ : ३६ मा प्रकाशित

लुम्बिनी बिकास बैंक अब सुनसरीको  हरिनगरामा

अर्थ संसार, काठमाडौं– लुम्बिनी बिकास बैंक लिमिटेडको “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत बहुसंख्यक जनता (ग्राहक) लाई बैंकिङ्ग सेवा पुयाउने घोषित नीति अनुरुपमिति आज सुनसरी जिल्लाको हरिनगरा गाउँपालिका वडा नं–४ हरिनगरामा आफ्नो ५१ औं शाखा कार्यालय स्थापना गरेको छ ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेलले गनुभएको थियो । कार्यक्रमको सभापतित्व विकास बैकका संचालक समितिका अध्यक्ष सुशिल पराजुलीले गर्नु भएको थियो । 

स–सानानिक्षेप परिचालन तथा कृषि एवँ साना ब्यवसायमा कर्जा लगानीगरी तराई मधेश भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको हो ।

यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एविविएस, मोवाईल बैकिङ लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण रपरिमार्जन गर्दै लगेको छ ।

बैंकको केन्द्रीयकार्यालय काठमाण्डौंमा रही देशका विभिन्नभागमा रहेका यस शाखा सहितकुल ५१ वटा शाखा र १२ वटा एटिएम वाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको