Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व सङ्कलन एकद्वार प्रणालीमार्फत गर्न चेम्बरको माग

आइतबार, १८ असार २०७४, २२ : ०५ मा प्रकाशित

राजस्व सङ्कलन एकद्वार प्रणालीमार्फत गर्न चेम्बरको माग

अर्थ संसार, काठमाडौँ– नेपाल चेम्बर अफ कमर्शले राजस्व सङ्कलन एकद्वार प्रणालीमार्फत गर्न अर्थमन्त्रीसँग माग गरेको छ ।

चेम्बरका प्रतिनिधिमण्डलले आज अर्थमन्त्रालयमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर स्वच्छ प्रशासन, स्वच्छ व्यवसाय’ हुनुपर्नेबारेमा ध्यानाकर्षण गराएको हो ।

भेटमा चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले मुलुकको आर्थिक विकास तथा औद्योगिक व्यावसायिक वातावरणमा देखिएका समस्याबारे अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले खर्च हुन नसकेको पुँंजीगत बजेट व्यवसाय वृद्धिका लागि पुनःकर्जामा लगाउनुपर्ने बताउनुभयो ।

चेम्बरको टोलीले बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जामा उच्च ब्याजदर तथा लगानीयोग्य तरलता अभावबाट सिर्जित समस्या यथाशीघ्र निराकरण गरिनुपर्ने बताएको थियो ।

यस्तै निकासीमूलक उद्योगलाई पाँच वर्ष आयकर छुट, निकासीमा नगद अनुदान भन्सार बिन्दुबाटै दिइनुपर्ने, हालैको बजेट भाषणमा कुरियरलाई ७० केजी र युएस डलर पाँच हजारमा सीमित गरिएकाले यसबाट व्यवसाय सङ्कुचनमा पर्न सक्ने हुँदा यसको समसामयिक परिमार्जन गर्नुपर्नेमा टोलीले जोड दिएको थियो ।

सो अवसरमा अर्थमन्त्री कार्कीले चेम्बर पदाधिकारीले दिएको सुझावलाई गहन अध्ययन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको