Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सले चुक्तापूँजी पुर्याउन एफपिओ निष्काशन गर्ने

आइतबार, ११ असार २०७४, १६ : २७ मा प्रकाशित

शिखर इन्स्योरेन्सले चुक्तापूँजी पुर्याउन एफपिओ निष्काशन गर्ने

अर्थ संसार, कामठाडौं– शिखर इन्स्योरेन्सले एफपिओ  निष्काशन गर्ने भएको छ । बिमा समितिले  तोकको समयमा  आफ्नो चुक्तापूँजी पुर्याउनको लागि इन्स्योरेन्सले एफपिओ निकाल्न लागेको हो ।

बिमा समितिले २०७५ को मशान्तसम्म एक अर्ब रुपियाँ चुक्तापूँजी पर्याउन निर्देशन दिइएको थियो । सोही अनुसार कम्पनीले एफपिओ निष्काशन गरेर चुक्तापूँजी पुर्याउने योजना अघि सारेको कम्पनीले जनाएको छ ।

कम्पनीले दोस्रो त्रैमाशसम्म आफ्नो चुक्तापूँजी ८१ करोड ७६ लाख ६८ हजार रुपैयाँ पुर्याएको छ । हाल कम्पनीले २६ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको एफपिओ धितोपत्र  बोर्डले निष्काशनको स्वीकृती दिएपछि मात्र निष्काशन हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको