Like us!
Follow us!
Connect us!
Watch us!

खुल्यो सिभिल बैंकको सेयर कारोबार

मंगलबार, ०९ कार्तिक २०७३, १४ : १८ मा प्रकाशित

खुल्यो सिभिल बैंकको सेयर कारोबार


काठमाडौं–इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्ससँग मर्जर भएको लामो समयपछि सिभिल बैंकको शेयर कारोबार मंगलबार खुल्ला भएको छ । नेपाल राष्ट्र बैंकले शेयर कारोबार फुकुवा गराउन पत्र दिएपछि नेप्सेले कारोबार खुल्ला गरेको हो । कारोबार खुल्नासाथ सिभिलको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेर मंगलबार २ सय ८० रुपैयाँमा बन्द भएको छ ।  

सिभिलसँग मर्ज भएपछि आईएलफसीका शेयरधनीले प्रति सय कित्ताको ७४।७२ कित्ता शेयर पाएका छन् । आइएलएफसीलाई गाभेपछि सिभिल बैंकको चुक्ता पूँजी ५ अर्ब रुपैंयाभन्दा बढी भएको छ ।  बैंकले २३ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी भएको युनिक फाइनान्स र २२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको हामा मर्चेन्ट एण्ड फाइनान्सलाई समेत खरिद गर्ने सम्झौता गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको