Like us!
Follow us!
Connect us!
Watch us!

६ लाख घुस मिनाहा दिन खोज्ने राजस्वका अधिकृत अख्तियारको फन्दामा

शुक्रबार, ०९ असार २०७४, १३ : ०४ मा प्रकाशित

६ लाख घुस मिनाहा दिन खोज्ने राजस्वका अधिकृत अख्तियारको फन्दामा

अर्थ संसार,काठमाडौं–मूल्य अभिवृद्धि कर (भ्याट) छलिदिने प्रयोजनका लागि घूस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

आयोगले राजस्व अनुसन्धान मध्य पश्चिममाञ्चल तथा सुदुर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्यूटर अधिकृत गोविन्दबहादुर शाहीलाई नियन्त्रणमा लिएको हो ।

आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले रु ५ लाख ७० हजार घूस रकमसहित उनिहरु दुवैजनालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुले व्यापारीबाट नियन्त्रणमा लिइएका भ्याट तथा स्टीमेट कागजातहरु मिलाइदिने प्रयोजनमा घूस रकम माग गरेको आयोगले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको