Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युत लगानी तथा विकास कम्पनीले दश प्रतिशत लाभांश दिने

मंगलबार, ०६ असार २०७४, १७ : १६ मा प्रकाशित

जलविद्युत लगानी तथा विकास कम्पनीले दश प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौँ–जलविद्युत लगानी तथा विकास कम्पनीले दश प्रतिशत लाभांश दिने भएको छ ।  विगतका वर्षहरुमा कम्पनीले लाभाशं मात्रै पाँच प्रतिशत दिने गरेको थियो । कम्पनीले दश प्रतिशत लाभाशं दिने निर्णय गरेको छ ।
 
चालु आवमा प्राप्त गरेको प्रतिफलका आधारमा सो लाभाशं दिने निर्णय भएको कम्पनीले जनाएको छ । सरकारले ७ वर्षभित्र १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको छ ।

यसैलाई लक्षित गरी कम्पनीले ५ वर्षे योजना बनाएको छ । यो योजनाअनुसार काम गर्दा १० प्रतिशत लाभांश दिन समस्या नहुने कम्पनीको भनाइ छ ।  बैंक ब्याजबाट प्राप्त रकमले पनि सेयरधनीलाई लाभांश दिन सकिनेमा कम्पनी ढुक्क रहेको देखिन्छ ।
 
अहिले ७ आयोजनाका लागि लगानीको प्रस्ताव आएको छ । यसबारे कम्पनीले अध्ययन गरिरहेको छ । योसँगै वैदेशिक रोजगारीमा सहभागी युवालाई सहभागी गराएर निर्माण गर्न लागिएको रेमिट हाइड्रोको अवधारणा पनि अगाडि बढेको छ ।
 
रेमिट हाइड्रोमा कम्पनीको ५१ प्रतिशत सेयर छ । स्थानीयको १० प्रतिशत र बाँकी वैदेशिक रोजगारीमा गएका कामदारको लगानी हुनेछ । यसअन्तर्गत पाँचथरमा १ सय २५ मेगावाटका घुन्सा र सिम्बुवा आयोजना निर्माणको क्रममा अगाडि बढेको छ ।

यो पनि पढ्नुहोस्

धितोपत्र बोर्डको नयाँ नियम स् हिमालय पावर पार्टनरको १२ कित्ता साधारण सेयर आवेदक सबैले पाउने

आइएसफसिको दबाव लत्याँउदै फूकोट कर्णालीको लाइसेन्स स्वदेशी कम्पनीलाई दियो सरकारले

सेयर बजारलाई रातो रंगले छोडेन

हिमालय पावरको आइपीओमा १८ गुणा बढी आवेदन

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको