Like us!
Follow us!
Connect us!
Watch us!
४ अंकले घटेको बजारमा ५७ करोडको कारोबार

सेयर बजारलाई रातो रंगले छोडेन

मंगलबार, ०६ असार २०७४, १५ : १७ मा प्रकाशित

सेयर बजारलाई रातो  रंगले छोडेन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्चेन्ज (नेप्से) आज सामान्य अंकले घटेको छ । हिजोको तुलनामा नेप्से बढेपनि कारोबार भने घटेको छ ।

हिजो (सोमबार) झण्डै २१ अंकले घटेको बजारमा ६४ करोडको कारोबार भएको थियो ।  आज ४.०९  अंकले घटेको बजारमा ५७ करोड ९२ लाख ३७ हजार ३ सय २७ रुपैयाँको कारोबार भएको छ ।

१ सय ४१ वटा कम्पनीको ११ लाख ६२ हजार २ सय ३९ कित्ता सेयर खरिदविक्री भएको छ । आज हाइड्रोपावर ४.८८ अंक, उत्पादन ०.६८ अंक र अन्य ४.६३ अंकले बढेका छन् ।

यता बैंक ४.६७ अंक, होटल ८.९१ अंक, डेभलपमेन्ट बैंक ८.९८ अंक, इन्स्योरेन्स २९.३८ अंक र फाइनान्स ३.०७ अंकले घटेका छन् । समान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकाराको छ ।

5948f0c5eb76f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको