Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको नयाँ नियम : हिमालय पावर पार्टनरको १२ कित्ता साधारण सेयर आवेदक सबैले पाउने

मंगलबार, ०६ असार २०७४, १५ : ४१ मा प्रकाशित

धितोपत्र बोर्डको नयाँ नियम : हिमालय पावर पार्टनरको १२ कित्ता साधारण सेयर आवेदक सबैले पाउने

अर्थ संसार, काठमाडौं– हिमालयन पावर पार्टनर कम्पनीले साधारण सेयरमा आवेदन गर्ने सबैलाई न्यूनतम १२ कित्ता सेयर प्रदान गर्ने भएको छ ।
 
धितोपत्र बोर्डको नयाँ व्यवस्थाअनुसार सबै आवेदनकलाई सेयर प्रदान गर्ने नीतिकाअनुसार आवेदक सबैलाई १२ कित्ता साधारण सेयर प्रदान गरिन लागेको हो ।
 
सोमबार साँझसम्म सो आयोजनाको साधारण सेयरमा आवेदन गर्नेको सङ्रख्या एक लाख ५९ हजार ७०७ रहेका छन् ।
 
रु आठ अर्ब २० करोड ८३ लाख सात हजार पाँच सय  बराबरको सेयर माग गर्दै एक लाख ५९ हजार ७०७ वटा आवेदन गरेको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
 
कम्पनीको साधारण सेयरमा एक लाख ८ हजार ५८० जनाले आस्बा प्रणाली मार्फत रु ६ अर्ब २७ करोड ९८ लाख १४ हजार छ सय बराबरको आवेदन गरेका छन् ।
 
 त्यस्तै परम्परागत प्रणालीबाट ५१ हजार १२७ जनाको आवेदनबाट रु  एक अर्ब ९२ करोड ८४ लाख ९२ हजार नौं सय बराबरको आवेदन परेको छ ।
 
कम्पनीको साधारण सेयरमा आवेदन गर्नेको संख्या दुई लाख ननाघ्ने भएपछि ३० दिनमा सेयर बाँडफाँड हुने पक्का भएको छ ।
 
जस अनुसार आगामी साउन ४ गते सेयर बाँडफाँड गरिने ग्लोबल आईएमई क्यापिटलले जनाएको छ
 
यसअघि नेपाल धितोपत्र बोर्डले पनि असार मसान्तपछि सेयर बाँडफाँड गर्दा नयाँ नियम  लागू हुने प्रष्ट पारेको थियो ।
 
२१ लाख ३० हजार ८३४ कित्ता आइपीओमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारी र एक लाख ६ हजार ५४२ कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।
 
कम्पनीका कर्मचारी र सामूहिक लगानीकोषलाई छुट्टाएर बाँकी रहेको १९ लाख ८१ हजार ६७५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिनेछ ।
 
त्यसमा  एक लाख ५९ हजार ७०७ जना आवेदक रहेकोमा पहिलो चरणमा १० कित्ताको दरले अनिबार्य रुपमा सबै आवेदकलाई सेयर बाँडफाँड गर्नुपर्नेछ । यसरी सेयर बाँड्दा झण्डै १६ लाख कित्ता सेयर सकिन्छ ।
 
बाँकी रहने पौने चार लाख कित्ता सेयर फेरी एक लाख ५९ हजार बढी आवेदकलाई दामसाहिले बाँड्दा २ कित्ता थप सेयर पाउने छन् ।
 
यसरी हेर्दा हिमालयन पावरका साधारण सेयरधनीले बढीमा १२ कित्ता सेयर पाउने देखिन्छ । नयाँ  निर्देशिका लागु भए पछि हिमालयन पावरको साधारण सेयर पहिलो पटक बाँडफाँड हुन लागेको हो ।

यो पनि पढ्नुहोस्

आइएसफसिको दबाव लत्याँउदै फूकोट कर्णालीको लाइसेन्स स्वदेशी कम्पनीलाई दियो सरकारले

सेयर बजारलाई रातो रंगले छोडेन

हिमालय पावरको आइपीओमा १८ गुणा बढी आवेदन

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको