Like us!
Follow us!
Connect us!
Watch us!

आठ अर्ब रकम पठाउँदै वायु सेवा निगम, राष्ट्र बैंकसँग माग्यो अनुमति

बुधबार, ३१ जेठ २०७४, १७ : २१ मा प्रकाशित

आठ अर्ब रकम पठाउँदै वायु सेवा निगम,  राष्ट्र बैंकसँग माग्यो अनुमति

अर्थ संसार, काठमाडौँ–दुई वटा वाइड बडी जहाज खरिदको अन्तिम तयारमिा रहेको नेपाल वायु सेवा निगमले रु आठ अर्ब रकम पठाउने भएको छ ।

रकम पठाउने विषयमा आवश्यक सहमतिका लागि निगमले नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको छ । निगमको जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले रु २४ अर्ब रकम उपलब्ध गराउने भएका छन् ।

नागरिक लगानी कोषले त रु १२ अर्ब रकम निगमलाई उपलब्ध गराइसकेको छ । रकम उपलब्ध गराउने सम्बन्धमा नागरिक लगानी कोष र निगमबीच सम्झौता समेत भइसकेको छ । निगमले आज बुधबारदेखि किस्तावापत रकम पठाउनको लागि प्रक्रिया सुरु गरेको जनाएको छ । निगमले किस्तावापतको रकम पठाउने प्रक्रिया रकम अभावका कारण यसअघि अगाडि बढाउन सकेको थिएन ।

निगमले सञ्चय कोषबाट र नागरिक लगानी कोषसँग रकम लिएर पठाउन लागेको हो । राष्ट्र बैंकले अनुमति दिने बित्तिकै अमेरिकी स्वामित्वको एएआर एयरलाइन्सलाई रकम पठाउने तयारमिा निगम लागेको हो ।

निगमले एएआरसँग दुईवटा वाइड बडी जहाज खरिद गर्न लागेको छ । दुबै विमान रु २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्न लागेको छ । निगमले यसअघि नै जहाज खरिदको लागि बैना रकम भने रु १० करोड ७० लाख रुपैयाँ माघ दोस्रो साता नै पठाइसकेको छ ।

पहिलो विमान सन् २०१८ को अप्रिलसम्म ल्याइएसक्ने निगमको तयारी छ । हाल खरिद गर्न लागिएको  किन्न लागिएको जहाज फ्रान्सको टुलुज शहरमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको