Like us!
Follow us!
Connect us!
Watch us!

पुनः अर्को ठूलो लगानीको अवसर : करिब ११ अर्बको ट्रेजरी बिल्स निस्काशन हुँदै

शनिबार, २७ जेठ २०७४, १५ : ०४ मा प्रकाशित

पुनः अर्को ठूलो लगानीको अवसर : करिब ११ अर्बको ट्रेजरी बिल्स निस्काशन हुँदै

अर्थ संसार, काठमाडौं – पटक पटक लगानीको अवसर प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनः अर्को लगानीको अवसर प्रदान गरेको छ । 

बैंकले आगामी सोमबार अर्थात जेठ २९ गते ठूलो धनराशीको ट्रेजरी बिल्स प्रकाशन गर्न लागेको छ । 
बैंकले एक सूचना मार्फत करिब रु ११ अर्ब बराबरको ट्रेजरी बिल्स प्रकाशन अर्थात निस्काशन गर्न लागेको हो । 

बैंकले भनेको छ ‘आगामी सोमबार नेपाल राष्ट्र बैंकले १० अर्ब ८० करोड रुपैयाँको ट्रेजरी बिल्स बोलकबोलबाट निष्कासन गर्ने भएको छ   ।

केन्द्रीय बैंकले तीन महिना अर्थात् ९१ दिनका लागि रु दुई अर्ब ५० करोड यस्तै आगामी एक वर्षका लागि रु ८ अर्ब ३० करोड बराबरको टे«जरी बिल प्रकाशन गर्न लागेको हो  ।

तीन महिने ट्रेजरीको अवधि आउँदो भदौ २७ गतेसम्म र एक वर्षको अवधिको लागि  आगामी २०७५ साल जेठ २९ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । तर त्यस्तो बिल भने बैंक तथा वित्तिय संस्थाले मात्रै खरिद गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको