Like us!
Follow us!
Connect us!
Watch us!

कुक बन्ने हो, लाखौं तिर्नु पर्ने तालिम आइसिएले दिँदैछ सित्तैमा

सोमबार, २२ जेठ २०७४, ११ : ०१ मा प्रकाशित

कुक बन्ने हो, लाखौं तिर्नु पर्ने तालिम आइसिएले दिँदैछ सित्तैमा

दिनिता लामिछाने
काठमाडौं–कोटेश्वरको बालकुमारी पुलछेउमा रहेको आइसिए हस्पिटालिटी ट्रेनिङ सेन्टरले कुक विषयमा ८ महिना लामो तालिम निशुल्क आयोजना गरेको छ । संस्थाले तालिम दिँदा कुनै शुल्क तिर्नु नपर्ने जनाएको छ ।

यति लामो तालिम निशुल्क लिन पाउनु सर्बसाधारण सहभागीका लागि ठूलो अबसर हो । यस्तो तालिम ब्यवसायिक तालिम केन्द्रमा लिँदा १ लाख ५० हजार रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म तिर्नु पर्ने तालिम केन्द्रका प्रमुख कार्यकारी अधिकृत सुदिप कोइरालाले जानकारी दिए । ‘यस्तो तालिम संचालन गर्न लाग्ने सम्पूर्ण खर्च दाताले ब्यहोर्ने छन्,’ उनले भने ।

यस केन्द्रले कुक विषयमा छोटा तथा लामा तालिम संचालन गर्दै आएको छ । यसको आफ्नै रेस्टुरेन्ट छ । यस्तै आवासिय तालिम संचालन गर्न होस्टलको ब्यवस्था छ । बाहिरबाट तालिम, मिटिङ, सेमिनार संचालन गर्न सेन्टरले आवश्यक सामग्री तथा ब्यवस्थापन गरिदिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको