Like us!
Follow us!
Connect us!
Watch us!

आफैँले बोकेको बन्दुक पड्कँदा ज्यान गयो

आइतबार, १४ जेठ २०७४, २० : ४६ मा प्रकाशित

आफैँले बोकेको बन्दुक पड्कँदा ज्यान गयो

अर्थ संसार,

बाबियाचौर (म्याग्दी) -अन्नपूर्ण गाउँपालिका–७ महभिरमा बन्दुकको गोली लागेर एक सिकारीको ज्यान गएको छ । 

हिस्तानको जङ्गल क्षेत्रमा शनिबार राति सिकार खेल्न गएका मालिका गाउँपालिका–२ रुमका ३४ वर्षीय हिरालाल पुनको आफैले बोकेको बन्दुकको गोलीले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार महभिरस्थित ससुरालीमा बस्दै आएका पुन ढुङ्गामा चिप्लिएर लडेपछि आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा गोली लागेर घाइते भएका थिए । 

घटनाको अनुसन्धानका लागि पुनसँगै सिकार खेल्न गएका अन्नपूर्ण गाउँपालिका–७ महभिरका २० वर्षीय विवेक शेरपुञ्जा र अन्नपूर्ण–१ दोवाका ३४ वर्षीय खुमबहादुर पुर्जालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको