Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल–भारतबीच विद्युत् खरिद सम्झौता नवीकरण

शनिबार, १३ जेठ २०७४, २१ : ३० मा प्रकाशित

नेपाल–भारतबीच विद्युत् खरिद सम्झौता नवीकरण

अर्थ संसार, 

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात गर्दै आएको बिजुलीको विद्युत् खरिद सम्झौता नवीकरण भएको छ । 

भारतको सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटीमा आज आयोजित नवीकरण सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको विद्युत् व्यापार निगम ९एनभिभिएम०का प्रमुख अरुणकुमार गर्गले हस्ताक्षर गर्नुभएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । 

यसअघि भएको सम्झौताको म्याद यसै साता सकिन लागेकाले आज नवीकरण गरिएको हो । सम्झौता नवीकरण गर्न घिसिङ नेतृत्वको टोली शुक्रबार भारत गएको थियो । 

एनभिभिएन नेपालमा बिजुली बेच्न भारतले तोकेको सरकारी निकाय हो । सम्झौता नवीकरणले वर्षामा आयात हुने बिजुलीको परिमाण र अवधि तय गरिएको छ । वर्षामा आयात हुने बिजुलीको पिपिए नवीकरण गर्न प्राधिकरणले वैशाख २१ मा भारतलाई पत्राचार गरेको थियो । 

प्राधिकरणका अनुसार यसअघि यो प्रसारण लाइनबाट विद्युत्को अत्यधिक माग रहेका बेला बढीमा १४५ मेगावाटसम्म आयात गरिएको थियो । अहिले १३५ मेगावाटको हाराहारीमा आयात भइरहेको छ । 

मुजफ्फरपुर बिन्दुबाट प्राधिकरणले प्रतियुनिट भारु ३।६० पैसा ९५।७६ नेपाली रुपैयाँ० मा एनभिभिएनसँग बिजुली खरिद गरिरहेको र आजको सम्झौतामा पनि सोही दर कायम रहेको छ । सो बिन्दुबाट आयात भइरहेको बिजुली अन्य नाकाको भन्दा सस्तो रहेको छ । 

मुजफ्फरपुर सवस्टेसनमा सय एमभिएका दुईवटा ट्रान्सफर्मर जडान गरेर वैकल्पिक रूपमा १३२ केभीमा बिजुली खरिद भइरहेको छ । ढल्केबर सवस्टेसन पूरा भएपछि २२० केभीमा चार्ज गरिने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । 

थप विषयमा भने आगामी अगस्तमा हुने नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा छलफल हुने बताइएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको