Like us!
Follow us!
Connect us!
Watch us!
अवरोधका कारण आज पनि संसद् बैठक चल्न सकेन

प्रतिपक्षी एमाले संसद् बैठक चल्न नदिने रणनितिमा

शुक्रबार, १२ जेठ २०७४, २० : ४२ मा प्रकाशित

प्रतिपक्षी एमाले संसद् बैठक चल्न नदिने रणनितिमा

अर्थ संसार, काठमाडौँ-  सभामुख ओनसरी घर्तीको पटकपटकको आग्रहलाई अस्वीकार गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले ) ले सदन अवरोध गरेपछि व्यवस्थापिका–संसद्को बैठक आज चल्न सकेन् । बैठक शनिबार १ बजेसम्मका लागि स्थगित गरिएको छ । 

आज बिहान ११।०० बजेका लागि तय भएको पहिलो बैठक पुनःअपराह्न १६।०० बजेका लागि तय भएको थियो । दोस्रो पटक बैठक सुरु हुनेबित्तिकै एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले आफूहरुले उठाएको माग सम्बोधन नहुँदासम्म बैठक चल्न नसक्ने बताउनुभयो । 

उहाँले स्थानीय तहको निर्वाचनको पहिलो चरण सम्पन्न भएका सन्दर्भमा स्थानीय तहको सङ्ख्या थप भएको, प्रधानन्यायाधीश माथिको महाअभियोगको प्रस्ताव फिर्ता नभएको, स्थानीय तहको पहिलो चरणको निर्वाचनको समयमा भएको भनिएको अनियमितताको छानबिनका लागि संसदीय समिति गठनलगायतका विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै आपत्ति जनाउनुभयो । 

सभामुख घर्तीले प्रमुख प्रतिपक्षीले उठाएको मागका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै आशन ग्रहण गर्न पटकपटक आग्रह गर्नुभए पनि प्रतिपक्षले अस्वीकार ग¥यो । 

सभामुखले बिहीबार आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको र उहाँलाई धन्यवाद ज्ञापन गर्नसमेत संसद्को बैठक चलाउनुपर्ने संवैधानिक बाध्यता रहेको जानकारी गराउनुभयो । 

उहाँले सरकारको नीति तथा कार्यक्रम पारित नभइकन आगामी आवको बजेट ल्याउन नपाउने तथा यही जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता भएकाले सदन चल्नुपर्ने अवस्था रहेको भन्दै आशन ग्रहण गर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो । 

सभामुखको पटकपटकको आग्रहलाई प्रतिपक्षी दलले अस्वीकार गर्दै आशन ग्रहण नगरेपछि शनिबार १३.०० बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभयो । सदन खुलाउने विषयमा संसद् भवन नयाँ बानेश्वरमा नै प्रमुख दलहरुबीच छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको