Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकरको चुक्ता पूँजीमा १० गुण बृद्धि, अब २ करोड हुनुपर्ने

विहीबार, ०४ जेठ २०७४, १८ : ५२ मा प्रकाशित

ब्रोकरको चुक्ता पूँजीमा १० गुण बृद्धि, अब २ करोड हुनुपर्ने

अर्थ संसार 
 काठमाडौं – अब  सेयर ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी अब २ करोड रुपैयाँ हुनुपर्ने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता नियमावली), २०६४ लाई सरकारको स्वीकृतीमा संशोधन गरेर यस्तो व्यवस्था गरेको हो ।

नयाँ नियमसँगै ब्रोकरहरुको चुक्ता पुँजीमा १० गुणाले वृद्धि भएको हो । हालसम्म यी संस्थाको चुक्ता पुँजी २० लाख भएपुग्ने थियो ।

हाल भइरहेको ब्रोकर कम्पनीको शाखा विस्तार कार्यलाई अझ सहज वनाउन तथा यसमा हुनसक्ने जोखिमको व्यवस्थापनको लागि धितोपत्र दलाल व्यवसायीको पूँजी, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन लगायतका विषयहरुमा नयाँ व्यवस्था गरी नियमावलीमा संशोधन गरिएको हो ।

ब्रोकर कम्पनीहरुको शाखा खोल्न नेप्सेले अनुमति दिने व्यवस्था रहेकोमा अब धितोपत्र बोर्डले नै यसको लागि अनुमति दिने भएको छ । 

संशोधित विनियमावली अनुसार अब ब्रोकर कम्पनीको मुख्य कार्यालयमा कम्तीमा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख हुनुपर्ने भएको छ ।

त्यस्तै, परिपालन (कम्प्लायन्स) अधिकृत तथा सूचना प्रविधि सहित पाँच कर्मचारी हुनुपर्ने छ ।

संशोधित व्यवस्थले धितोपत्र व्यवसायीको शाखा व्यवस्थापन अझ व्यवस्थित र सुदृढ गर्दै जाने अपेक्षा बोर्डको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको