Like us!
Follow us!
Connect us!
Watch us!

एस डेभलपमेन्टपछि इन्भेस्टमेन्टको पूँजी नौ अर्ब पुग्ने

शुक्रबार, २२ बैशाख २०७४, १४ : २२ मा प्रकाशित

एस डेभलपमेन्टपछि इन्भेस्टमेन्टको पूँजी नौ अर्ब पुग्ने

अर्थ संसार 
काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट बैंकले झण्डै रु ५५ करोड नाफा बढाएको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंकले रु २ अर्ब ३७ करोड नाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले रु १ अर्ब ८३ करोड मात्र नाफा गरेको थियो । बैंकले चालु आवको तेस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्दै समष्टिगत वित्तीय स्थिति, तरलता र मौज्दातको अवस्था सन्तोषजनक रहेको बताएको छ ।

समीक्षा अवधिमा बैंकले रु १ खर्ब १९ अर्ब १ करोड निक्षेप  परिचालन गरेको छ । गत आवको सोही अवधिमा निक्षेप परिचालन रु १ खर्ब १२ अर्ब ६३ करोड थियो । एक वर्षमा बैंकले रु ७ अर्ब मात्र निक्षेप बढाएको छ ।

गत चैतसम्म बैंकले रु १ खर्ब १ अर्ब ९४ करोड कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले रु ८४ अर्ब ३७ करोड कर्जा लगानी गरेको थियो । एक वर्षमा बैंकको कर्जा लगानी झण्डै रु १८ अर्ब बढकेको जानकारी दिएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिम चुक्तापुँजी रु  ८ अर्ब रुपैयाँ पुर्याइएसकेको छ । हाल बैंकको चुक्तापुँजी रु ८ अर्ब ७४ करोड ६९ लाख छ । बैंकले एस डेभलपमेन्ट बैंकलाई खरिद गर्देछ । एस खरिदपछि बैंकको चुक्तापूँजी रु ९ अर्ब नाघ्नेछ ।

यो पनि पढ्नुहोस 

अपिपावरको संचित मुनाफा करिव  ६ करोड 

बजारमा यी कम्पनीको आइपिओ र एफपिओ  आउँदै 

के किशोर र रन्जुले बाजी मार्लान काठमाण्डौको मेयरमा ? 

युनिक नेपालले माग्यो ३१ जना कर्मचारी (विज्ञापनसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको