Like us!
Follow us!
Connect us!
Watch us!

के किशोर र रन्जुले बाजी मार्लान काठमाण्डौको मेयरमा ?

शुक्रबार, २२ बैशाख २०७४, १० : ५९ मा प्रकाशित

के किशोर र रन्जुले बाजी मार्लान काठमाण्डौको मेयरमा ?

काठमाण्डौका जनता अलि बढि सचेत छन् भनिन्छ । त्यसोत चुनाबमा विवेक कम र शक्ति बढि प्रयोग हुन्छ भन्ने विश्वाश धेरैमा छ । शक्ति भन्नाले आबद्दता पनि हो । जरूर त्यो भनेको हाम्रो देशमा राजनीतिक पार्टीमा आबद्द कार्यकर्ता हुन् ।

यो देशका प्रमुख राजनीतिक पार्टीका सफलता भनेकै यो होकि देशका अधिकाशं जनतालाई उनिहरूले आफ्नो पार्टीको सदस्य बनाऊन सफल भए गएको १०/२० बर्षमा । यो कति बाध्य छ वा स्वतन्त्र । अनुसन्धानलाई छाडिदियौं ।

यथार्थ के भने जनता कुनै कम्युनिष्ट वा कांर्गेश कै झण्डा मुनि बढि आबद्द छ । काठमाण्डौमा के जहां–तहि पनि । तसर्थ काठमाण्डौको परिणाम फरक आऊछ भन्नेमा विश्वाश गर्न सकिन्न । तर काठमाण्डौको चुनाव केहि रोचक बन्नेभने निश्चित छ ।

सामाजिक अभियान्ताको रूपमा देखा परेकि २१ बर्षे सुन्दरी रन्जु र मृत बागमतिलाई जीवन्तता दिने अभियानका अगुवा किशोर थापा बुद्दिजीबीको बहशका मुख्य पात्र बनेका छन् यो चुनावमा। थोर बहुत विवेक त्यहा प्रयोग भएको मानिएपनि,यथार्थ ऊनिहरू कांर्गेश र कम्युनिष्टका उम्मेदवार हैनन ।

तसर्थ राजनीतिक पार्टी प्रतीको वितृष्णा पोख्ने ठाऊ र मीडीयाको खुराकी बन्ने वाहेक जीतकै वाजी मार्ने स्थीती यी दुई ऊम्मेदवारको देखिदैन ।

तर पनि रमाईलो कुरा के छ भने काठमाण्डौका आम मतदाताहरू यीनीहरूजस्तै मेयर चाहन्छन् तर भोट हाल्न सक्दैनन् किनकि उनिहरूलाई लागेको छ यी दुबै उमेदवारले चुनाव जित्न सक्दैनन् ।

जति–जतिले ऊनिहरूलाई भोटहाल्छन् तिनिहरूभने विवेकशील वा सबैका साझा भन्न खोजीएको हो कि ? या के हो ? रोचकता त प्रतिक्षामै छ, साच्चै यी दुई उम्मेदवारले कति–कति भोट पाउलान् ?
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको