Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय एअरलाईन्सको दुबई उडान शुरु

शुक्रबार, १५ बैशाख २०७४, १७ : ४३ मा प्रकाशित

हिमालय एअरलाईन्सको  दुबई उडान शुरु

अर्थ संसार 
काठमाडौं–तीव्र गतिमा अघि बढिरहेको नेपालको एक निजीवायु सेवा कम्पनी, हिमालय एअरलाईन्सले विश्व भुगोलको मध्य-पूर्व क्षेत्रमा आफनो उपस्थितिलाई कायम राख्दै काठमाण्डौँ-दुबईबिच आफनो पहिलो प्रत्यक्ष उडान सेवा सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त्त जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाण्डौँबाट १०:४० (स्थानिय समय) मा प्रस्थानगरि दुबईको अलमकतूम अन्तराष्ट्रिय विमानस्थलमा १३:२५ (स्थानिय समय) माअवतरण गरेको छ । 

हप्ताको ३ दिन, सोमवार, बुधवार र शक्रवार उडान गर्ने हिमालय एअरलाइन्सले ,तिन वटा एअरवस A-320-214 मध्थे एउटा एअरवस यस मार्गमा संचाालन गर्नेछ, जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमीक्लास नियमित आधारमा विभाजित गरेको छ । 

‘दुबईको दैनिक उडान प्रारम्भ गर्नुहिमालय एअरलाईन्सको लागि एक महत्वपूर्ण उपलब्धि हो ।’ हिमालय एअरलाईन्सका उपाध्यक्ष विजयश्रेष्ठ  भने-‘यस एअरलाईन्सलेमध्य(पूर्व क्षेत्रबाट पर्यटकहरुको आगमन र बहिगर्मनमाथप बढावा प्रदानगर्नेछ भन्नेमाहामीविश्वस्तछौ ।’

काठमाण्डौँ-दुबई बीच निरन्तर सेवा प्रदान गर्ने हाम्रो पूर्वनिर्धारित लक्ष्य थियो जसलाई प्राप्त गर्दा हामी अत्यन्त उत्साहित भएका छौ, यसले युएईमाहाम्रो उडान संचाालन लाई अझ मजबूत तुल्याउने  उपाध्यक्ष श्रेष्ठको भनाई छ । 

उक्तकम्पनीले काठमाण्डौ-दुबई (काठमाण्डौको लागिआकर्षक टिकटदर कायम गरेको छ । एअरलाईन्सले Fishtail Travel and Tourism LLC, दुबईलाई युनार्ईटेड अरव अफ इमिरेट्सको लागी जेनरल सेल्स एजेन्ट छनोट गरेको छ ।

जेनरल सेल्स एजेन्टका रुपमायसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकटसेवाको प्रतिनिधित्वगर्ने कम्पनीले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको