Like us!
Follow us!
Connect us!
Watch us!

सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयारः मन्त्री जोशी

विहीबार, १४ बैशाख २०७४, १० : ३२ मा प्रकाशित

सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयारः मन्त्री जोशी

दिनिता लामिछाने
काठमाडौं–उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरकार मूलुकको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रसँग सँगसँगै हिड्न तयार रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासँघको नवनिर्वाचित पदाधिकारीहरुको स्वागका लागि उद्योग मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री जोशीले आर्थिक सम्वृद्धि अहिले सबै राजनैतिक पार्टीको मुख्य प्राथमिकतामा परेको बताउँदै भने, ‘योे लगानीको वातावरण बनेको संकेत हो ।’  

उद्योग प्रशासनमा रहेको जटिलताहरुलाई सरलिकृत गर्ने दिशामा उद्योग मन्त्रालयले कार्य शुरु गरिसकेको बताउँदै मन्त्री जोशीले यसको सुरुवात उद्योग विभागमा एकद्धार प्रणाली सेवाको सुरुवातबाट भैसकेको बताउए । 

   औद्योगिक वातावरण बनाउन मन्त्रालय अहिले नीतिगत सुधारमा लागेको भन्दै मन्त्री जोशीले उद्योग प्रशासनको सेवालाई छिटो छरितो र पारदर्शी बनाउन औद्योगिकरण, सहजिकरण समिति गठन गर्ने दिशामा रहेको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघ विशुद्ध आर्थिक मुद्धामा केन्द्रीत होस् भन्ने शुभकामना दिँदै मन्त्री जोशीले लगानी सम्मेलनमा व्यक्त लगानीका आषयहरुलाई व्यवहारमा उतार्न कुन प्रकृयाबाट उनीहरुलाई भित्र्याउन सकिन्छ भन्ने दिशामा उद्योग मन्त्रालय क्रियाशिल रहेको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सरकारका तर्पmबाट पहिलो पटक निजी क्षेत्रको सम्मानमा यस प्रकारको कार्यक्रमको आयोजना भइको भन्दै यसले निजी क्षेत्रमा थप उर्जा मिलेको बताइन् । 

उद्योग मन्त्रालयको पछिल्लो काम कारवाहीले मूलकमा औद्यौगिक वातारण बन्दै गएको भन्दै अध्यक्ष राणाले विकास र सम्वृद्धिको मुद्धामा सरकार सँग सँगसँगै हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताइन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको