Like us!
Follow us!
Connect us!
Watch us!

सास्कृति सम्पदा संरक्षणमा एनएमबि बैंकको छैठौँ एनएमबि बैंक हेरिटेज वाक

शनिबार, ०९ बैशाख २०७४, १५ : १८ मा प्रकाशित

सास्कृति सम्पदा संरक्षणमा एनएमबि बैंकको छैठौँ एनएमबि बैंक हेरिटेज वाक

अर्थ संसार 
काठमाडौं–  एनएमबि बैंकले काठमाडौं महानगरपालिकाको सहकार्यमा छैठौँ एनएमबि बैंक हेरिटेज वाक (आज) शनिबार सम्पन्न भएको छ । 

 संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले विगत ५ वर्ष देखि हेरिटेज वाकको आयोजना गर्दै आएको छ । वाकको मुख्य उद्देश्य आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउनु तथा तिनको उचित संरक्षण गर्नु पर्छ भन्ने चेतना जगाउनु रहेको बैंकले जनाएको छ ।    

कार्यक्रमको उद्घाटन क्रमशः काठमाडौं महानगरपालिकाका प्रमुख तथा प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल, पुरात्तव बिभागका प्रमुख भेष नारायण दाहाल र बैंकका संचालक तथा प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा गरेका थिए ।

 हेरिटेज वाकको बिशेष कार्यक्रम नक्साल नागपोखरीमा  आयोजना भई सोही स्थानबाट वाकको शुरुवात भई बसन्तपुरदरबार स्क्वायरमा पुगि समापन भएको थियो ।  कार्यक्रममा सांस्कृतिक सम्पदाहरुको संरक्षण र महत्वको बारेमा अतिथिहरुले आ–आफ्नो धारणा थिए ।

 बैंकका प्रमुखकार्यकारी अधिकृत सुनिल केसीले सम्पदा संरक्षणका लागि बैंकको प्रतिबद्धता जाहेर गर्दै सम्पूर्ण अतिथितथा सहभागीहरुलाई विषेश धन्यवाद ज्ञापन दिएका र्थि ।  साथै बैंकले उर्लाबारी तथा बुटवलमा पनि सोहीअनुरूप हेरिटेज वाककार्यक्रम संचालन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको