Like us!
Follow us!
Connect us!
Watch us!

महासंघद्धारा अर्थमन्त्रीको प्रंशसा

आइतबार, ०३ बैशाख २०७४, १७ : ५३ मा प्रकाशित

महासंघद्धारा अर्थमन्त्रीको प्रंशसा

अर्थ संसार 
काठमाडौँ –बर्षौपछि, मुलुकको आर्थिक बृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रंशसा गरेका छन् ।

चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सो वृद्धिदर २५ वर्ष यताकै उच्च हो ।आव २०५०र५१ पछि उच्च आर्थिक वृद्धिदर हुन लागेको हो । लोडसेडिङ अन्त्य, सरकारले लिएका आर्थिक नीति एवम् आर्थिक परिचालनका कारण आर्थिक वृद्धिदर उच्च हुन लागेको हो । 

आइतबार मन्त्रालयमै पुगेका नवनिर्वा्चित पदाधिकारीहरुलाइ उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले बधाइ दिएका थिए । महासंघका पदाधिकारीहरुले भने –बर्षौपछि मुलुकको आर्थिक बृद्धिदर बढाउनुभएको छ । अब लगानी मैत्री वातावरण बनाउनुहोस् । मुलुकले आर्थिक बिकासमा कोल्टे फेर्छ । यस्तो वातावरण बनाउनुभएकोमा हामी खुसी छौ ।

वर्तमान  सरकारको कामबाट निजी क्षेत्र उत्साहित भएको भन्दै उनीहरुले माओवादी नेतृत्वले उठाउँदै आएको आर्थिक क्रान्तिको अवसर आएकाले मुलुकमा लगानीको वातावरण बनाएमा दश बर्षमै मुलुक आर्थिक समृद्धिको बाटोमा पुग्ने वताएका थिए ।

उपप्रधानमन्त्री महराले निजी क्षेत्रलाइ केही बर्षसम्म प्रोत्साहन गरेर नै मुलुकलाइ समाजवादमा लान सकिन्छ भन्नेमा आफु दृढ रहको उल्लेख गर्दै भने–अब शसस्त्र युद्ध पनि हैन, शित युद्ध पनि हैन, आर्थिक विकास र समृद्धि नै पहिलो आवश्यकता हो ।  उनले निजी क्षेत्रलाइ प्रोत्साहननै गरिने भन्दै निजी क्षेत्रलाइ राज्यको सिष्टम भित्र रहेर काम गर्न आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री महरासँग उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, पुर्व अध्यक्ष पशुपती मुरारका, चण्डीराज ढकाल, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान सहितको टोलीले भेट गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको