Like us!
Follow us!
Connect us!
Watch us!

फरक पहिचान बोकेको प्राइम कलेज

मंगलबार, २२ चैत्र २०७३, १४ : १६ मा प्रकाशित

फरक पहिचान बोकेको प्राइम कलेज

दिनिता लामिछाने
काठमाडौं–राजधानीमा रहेका धेरै कलेजमध्ये बालाजुमा रहेका प्राइम कलेजले अरुभन्दा फरक पहिचान बनाएको छ । 

बिगत सत्र बर्षदेखि शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्बाह गर्दै आएको कलेजले शिक्षालाई रोजगारमुखीमात्र नबनाई रोजगार सिर्जना गर्न सक्षम बनाउने, विश्वब्यापी प्रतिस्पर्धामा उत्रन सक्ने जनशक्ति तयार गर्ने र सफल ब्यक्ति बनाउने शिक्षा प्रदान गर्ने कलेजका ब्यबस्थापन र्निदेशक शिव चन्द्र झा बताउँछन् । 

यस कलेजका दुइ वटा विभाग छन्, प्राइम एजूकेसनल इंक र प्राइम कलेज । पाइम कलेजका प्रिन्सिपल नारायणप्रसाद शर्मा शिक्षालाई भर्टिकल र होरिजेन्टल स्वरुपमा बिस्तार गर्ने यस कलेजको भिजन रहेको बताउँछन् ।

‘हामी एउटै छातामुनि धेरै किसिमको शिक्षा दिन्छौं, उनले भने । यस कलेज माध्यममिक तहमा ब्यबस्थापन र बिज्ञान स्नातकमा बिबिए, बिबिएस, बिएम, विएस्सीसिएसआइटी अध्यापन गराउने जनकारी उनले दिए ।

कितावी  शिक्षाको साथसाथै यहाँको बिद्यार्थीहरुले प्रोजेक्ट वर्क, सांस्कृतिक कार्यक्रम, खेलकुदमा समेत सहभागी हुन पाउने उनले बताए । कलेजले उत्कृस्ट बिद्यार्थीहरुलाई छात्रवृत्तिको पनि ब्यबस्था गरेको छ । 

प्राइम कलेजले पहिलो सूचना प्रविधियुक्त कलेज भएको दावी गरेको छ । कलेज शैक्षिकसँगसँगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेको छ । प्रामइ कलेजबाट पढाइसकेकाहरुले राम्रा कम्पनीहरुमा सजिलै जागिर पाएका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको