Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा क्यापिटलका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना

निशा हुमाँगाई

विहीबार, २५ असार २०७७, ११ : १६ मा प्रकाशित

सानिमा क्यापिटलका शेयरधनीलाई अत्यन्तै जरूरी सूचना

अर्थ संसार, काठमाडौं -  सानिमा क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ ।

सानिमा क्यापिटल लिमिटेड तथा सानिमा बैंक लिमिटेडकाे शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खाेलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७६/०७७ सम्मको  डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७७ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएकाे हाे ।

हितग्राहीहरुले सानिमा क्यापिटल लिमिटेड तथा सानिमा बैंक लिमिटेडकाे आफूलाई पायक पर्ने नजिकैकाे शाखा कार्यालयहरूमा सम्पर्क राखी भुक्तानी गर्न सक्नेछन् । तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने पनि सूचनामा उल्लेख छ ।

मेरो शेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको