Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोल र डिजेलको मूल्य बढ्यो

अर्थ संसार

मंगलबार, १६ असार २०७७, २२ : ३९ मा प्रकाशित

पेट्रोल र डिजेलको मूल्य बढ्यो

अर्थ संसार, काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य  बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।

मूल्य बढेसँगै अब  पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४।७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५।८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६।०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको  निगमले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको