Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको नाफा बढ्दा के भयाे अरू सूचक ?

निशा हुमाँगाई

मंगलबार, १६ असार २०७७, १४ : १० मा प्रकाशित

नागरिक लगानी कोषको नाफा बढ्दा के भयाे अरू सूचक ?

अर्थ संसार काठमाडाैं - नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कोषले तेश्रो त्रैमाससम्म आइपुग्दा ३७ करोड ९४ लाख रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १२.३४ प्रतिशत अर्थात ४ करोड १७ लाख रुपैयाँले धेरै हाे । गत वर्षको यहि अवधीमा कोषले ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, तेश्रो त्रैमाससम्म आइपुग्दा कोषले चुक्ता पूँजी १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुर्याउन सफल भएकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा २२ प्रतिशत धेरै हाे । गत वर्ष कोषकाे पुँजी १ अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको थियो ।

तेश्रो त्रैमाससम्म आइपुग्दा कोषले नेपाल सरकारको ऋणपत्रमा ६० करोड रुपैयाँ, मुद्दति निक्षेपमा ८५ अर्ब १४ करोड रुपैयाँ र संगठित संस्थाको शेयरमा १० अर्ब १९ करोड रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै, कोषकाे जगेडा कोषमा ७ अर्ब २४ करोड रुपैयाँ रहेकाे छ । त्यसैगरी, कोषकाे प्रतिशेयर आम्दानी ४ रुपैयाँले घटेर ३१ रुपैयाँमा झरेको छ । कोषकाे प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँबाट बढेर २०८ रुपैयाँ पुगेकाे छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको