Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा ५० अर्ब लगानी गर्दै चौधरी समूह

मंगलबार, १५ चैत्र २०७३, ११ : ३० मा प्रकाशित

नेपालमा ५० अर्ब लगानी गर्दै चौधरी समूह

अर्थ संसार 
चौधरी समूहले नेपालभित्र ३ वर्षमा करिब ५० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । एफएमसिजी,  सिमेन्ट, प्याकेजिङ, जलविद्युत, होटेल, रियल इस्टेटलगायत क्षेत्रमा समूहले लगानी गर्ने घोषणा गरेको हो ।

लगानी घोषणा गरिएका परियोजनामध्ये अधिकांश आगामी ३ वर्ष्भित्र सम्पन्न हुने चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । ‘हामीले लगानी घोषणा गरेका सबैजसो परियोजनाको काम सरु नै भइसकेको छ,’ उनले भने, ‘यो लगानीबाट नेपालभित्र २ हजार ५ सय थप रोजगारी सिर्जना हुने विश्वास हाम्रो छ ।’

समूहले जलविद्युतमा ठूलो मात्राको लगानी घोषणा गरेको छ । १५ दशमलव १ मेगावाटको मध्यमोदी जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको, ४४ मेगावाटको सुपरमादीको लिंक रोड निर्माण भइरहेको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिए । त्यस्तै, ६० मेगावाटको एक जलाशययुक्त आयोजना पनि छिट्टै निर्माण थालिने पनि उनले बताए । यी आयोजनामा कुल २७ अर्ब ३० करोड रुपैयाँ लगानी हुने आजको नयाँ पत्रिकाले समाचार छापेको छ । 

त्यस्तै, समूहले सिमेन्ट उद्योगमा ९ अर्ब ४५ करोड लगानी गर्ने भएको छ । पाल्पामा क्लिंकर उद्योग स्थापना गर्ने तथा नवलपरासीको दुम्कीबासमा रहेको सिमेन्ट उद्योगको क्षमता विस्तारमा यो लगानी गर्ने चौधरीले जानकारी दिए । त्यस्तै, समूहले साढे ३ अर्ब लगानीमा काठमाडौंको समिट होटेलको क्षमता विस्तार गर्ने तथा झम्सीखेलमा नयाँ होटेल खोल्ने योजनासमेत बताएको छ ।

समूहले रियल इस्टेटमा साढे ५ अर्ब थप लगानी गर्दै छ । उसले चितवनमा २ अर्ब लगानीमा सिजी ल्यान्डमार्क मल बनाउन लागेको छ भने ललितपुरको पुल्चोकमा ३ अर्ब लगानीमा सिजी लिजेन्ड नाममा हाइइन्ड सर्भिस्ड अपार्टमेन्ट बनाउँदै छ । त्यस्तै, काठमाडौं रेसिडेन्सीमा ५० करोड लगानी थप्दै छ।

एफएमसिजीमा पनि ठूलो लगानी
समूहले वाइवाई चाउचाउलगायत अन्य खाद्यान्न उत्पादन गर्ने सिजी फुड्सका कारखाना थप दुई स्थानमा थप्दै छ । उसले नवलपरासीको सिजिआइपीमा ३० करोड लगानीमा थप प्लान्ट लगाउँदै छ भने पूर्वको सुनसरीमा नयाँ उद्योग स्थापना गर्दै छ । यी दुई उद्योगमा क्रमशः ३० करोड र ५० करोड लगानी हुने प्रबन्ध निर्देशक चौधरीले जानकारी दिए ।

अहिले समूहले ललितपुर, नवलपरासी तथा बर्दियामा रहेका उद्योगबाट वाइवाई उत्पादन गर्दै आएको छ । त्यस्तै, नवलपरासीमै रियो जुस उत्पादन गर्ने सिजी बेभरेजमा थप २५ करोड लगानी गर्दै छ । नेपाल आइस बियर उत्पादन गरिरहेको सिजी बु्रअरीमा थप १ अर्ब लगानी हुँदै गरेको कम्पनीले जनाएको छ । नवलपरासीमै सिजी प्याकेजिङमा समूहले २० करोड रुपैयाँ लगानी गर्दै छ ।

समूहले घोषणा गरेका परियोजनामध्ये ६० मेगावाटको जलाशययुक्त विद्युत् आयोजनाबाहेक अन्य सबैमा काम सुरु भइसकेको समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए ।
 

58d9fa938ff94.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको