Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तको अधिकांश सूचकमा गिरावट

निशा हुमाँगाई

मंगलबार, १३ जेठ २०७७, ०९ : २३ मा प्रकाशित

नाडेप लघुवित्तको अधिकांश सूचकमा गिरावट

अर्थ संसार काठमाडाैं - नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७६/७७ को चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद नाफा ७ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ९५.६५ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ६८ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १९ करोड ९७ लाख ५० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १८ करोड ७९ लाख ०१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे । 

यस्तै, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा पनि २४ लाख ४८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन मुनाफा २ करोड २९ लाख ५८ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ३६ करोड ८० लाख रुपैयाँ, जगेडा कोषमा १८ करोड ५१ लाख १ हजार रूपैयाँ, प्रतिशेयर आम्दानी शून्य दशमलव २६६ पैसा र प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ३० पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5ecc939de257d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको