Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट मृत्यु भएकी महिलाको परिवारको के आयाे रिपाेर्ट ?

निशा हुमाँगाई

सोमबार, ०५ जेठ २०७७, १० : २० मा प्रकाशित

अर्थ संसार, काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको परिवारकाे रिपाेर्ट आएकाे छ । 

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनकाे शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना नेगेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले जानकारी दिएका छन् । उनका अनुसार नवजात शिशुमा भने जन्डिसको समस्या देखिएकाे छ ।

हाल उनीहरु सबै जना अस्पतालको आइसोलेसनमा छन् । त्यस्तै, सबैजनाकाे अवस्था सामान्य रहेकाे डा. ताम्राकारले बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको