Like us!
Follow us!
Connect us!
Watch us!

जापानमा उच्च राष्ट्रिय ब्यापार बचत हासिल

बुधबार, ०९ चैत्र २०७३, १६ : ५४ मा प्रकाशित

जापानमा उच्च राष्ट्रिय ब्यापार बचत हासिल

अर्थ संसार टोक्यो-गत फेब्रुअरी महिनामा मासिक राष्ट्रिय ब्यापार तथा बाणिज्यगत कारोबारमा सन् २०१० यताकै अति उच्चतम बचत आर्जन गर्न जापान सफल भएको छ । 

यस अवधिमा जापानबाट अत्याधुनिक ठूला मेसिनरी तथा बिद्युतीय उपकरणहरुको चीन निर्यातमा २८ प्रतिशत वृद्धिले गर्दा पनि उच्चतम मुनाफा आर्जन गर्न जापान सफल भएको जनाइएको छ । 

यस्ता अत्याधुनिक ठूला मेसिनरी तथा बिद्युतीय उपकरणको प्रयोगबाट चीनले पनि निर्यातयोग्य गुणस्तरीय सर सामान उत्पादन गर्न सफल भएको जनाइएको छ । 

हालै प्रकाशित जापानको भन्सार तथा महसूलसम्बन्धि तथ्याङ्क प्रतिवेदनमा कूल राष्ट्रिय निर्यातमा ११ प्रतिशतले वृद्धि भएको तथा कूल राष्ट्रिय आयातमा भने एक प्रतिशतले कमी आएको समेत उल्लेख छ ।

त्यस्तै, राष्ट्रिय निर्यात बचततर्फ गत बर्षको तुलनामा दुईगुणा वृद्धि भई यस बर्ष आठ खर्ब १३ अर्ब ४० करोड जापानी येन ९सात अर्ब तीस करोड अमेरिकी डलर० पुगेको छ । 

अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आउनु र मुद्राको दर भाउ स्थिर रही अमेरिकी डलरको तुलनामा जापानी येन बलिष्ठ हुन सक्नुले नै मूलरुपमा राष्ट्रको अर्थतन्त्र चलायमान तुल्याउन आवश्यक पर्ने आयातित ग्यास र इन्धनको लागत कम गराउन सकी यस प्रकारको राष्ट्रिय उपलब्धि हासील हुनसकेको जापानी अर्थबिद्हरुको निष्कर्ष छ । 

साथै, अमेरिकासँगको ब्यापारतर्फ निर्यातमा शून्य दशमलब चार प्रतिशतले वृद्धि भइ ११ अर्ब अमेरिकी डलर पुगेको छ भने आयाततर्फ केही कमी आई छ खर्ब ११ अर्ब जापानी येन ९५ अर्ब ५० करोड अमेरिकी डलर बराबर० रकमको राष्ट्रिय ब्यापार बचत हासिल भएको समेत उक्त प्रतिवेदनले जनाएको छ । रासस÷एपी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको