Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठद्धारा पदबहाली

निशा हुमाँगाई

आइतबार, ३० चैत्र २०७६, १२ : ०८ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठद्धारा पदबहाली

अर्थ संसार, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा  नियुक्त भएका किरणकुमार श्रेष्ठले आइतबार पदबहाली गरेका छन् । 

उनी बैंककाे प्रमुख कार्यकारी अधिकृत पदमा मिति २०७६।१२।२९ देखि लागु हुने गरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त भएका हुन् ।

यस्तै, पदबहाली गर्दै उनले बैंकको आर्थिक वर्ष २०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन् । 

त्यसैगरी, बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको