Like us!
Follow us!
Connect us!
Watch us!

वीरगञ्जमा तीन जनामा कोरोना भाइरस संक्रमण : संक्रमितको संख्या १२ पुग्यो

निशा हुमाँगाई

आइतबार, ३० चैत्र २०७६, ०९ : ४४ मा प्रकाशित

वीरगञ्जमा तीन जनामा कोरोना भाइरस संक्रमण : संक्रमितको संख्या १२ पुग्यो

अर्थ संसार, काठमाडौं - नेपालमा थप तिन जनामा कोरोना भाइरसकाे सङ्क्रमण भेटिएको छ । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हाे । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ पुगेको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो रातीसम्म गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् । 

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

त्यस्तै, त्यसअघि उनीहरुको जाँच हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा रहेको प्रयोगशालामा भएको थियो । त्यहाँ रिपोर्ट क्लियर नआएपछि थप स्पष्टका लागि टेकु पठाइएको थियो । स्वास्थ्य मन्त्रालयले अबको केही बेरमा यसको औपचारिक जानकारी गराउने तयारीमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको