Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना काेषमा बीमा कम्पनीकाे २ करोड

निशा हुमाँगाई

शुक्रबार, २१ चैत्र २०७६, ०९ : ५७ मा प्रकाशित

काेराेना काेषमा बीमा कम्पनीकाे २ करोड

अर्थ संसार, काठमाडौं - सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु दुई करोड सहयोग गर्ने भएको छ ।

कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सञ्चालक प्रकाशकुमार अधिकारीले जानकारी दिएका छन् । अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कोरोना भाइरसको रोकथामका लागि काम गरिरहेका छन् । नेपाल सरकाको नीतिअनुसार काम गर्न मद्दत पुगोस् भनेर सङ्घीय सरकार र प्रदेश सरकारलाई रकम सहयोग गर्ने निर्णय गरिएको उनले बताए ।

कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग 

कम्पनीले सङघीय सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा रु एक करोड ६५ लाख तथा सातै प्रदेश सरकारले स्थापना गरेको कोषमा रु पाँच लाखका दरले रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको