Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारले लियाे नयाँ माेड

निशा हुमाँगाई

सोमबार, ०५ फागुन २०७६, १५ : ०१ मा प्रकाशित

शेयर बजारले लियाे नयाँ माेड

अर्थ संसार, काठमाडौं – आज (साेमबार) पनि शेयर बजारमा उमंग थपिएकाे छ । साेमबार शेयर बजार ३४.२६ अंकले बढेकाे छ ।

कुल १७५ वटा कम्पनीको ६४ लाख ७४ हजार ७५० कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ रुपैयाँको कारोबार भएकाे छ । 

१३६४.३५ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १३९८.२४ अंकमा आइपुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज साेमबार सबै उपसमूहको शेयर बढेको छ ।

बैंकिङ ४१.१३ अंक, व्यापार ४१.९७ अंक, हाेटल २०.९४ अंक, विकास बैंक २७.३ अंक, जलविद्युत ३२.१८ अंक, फाइनान्स ९.७९ अंक, निर्जिवन लाइफ १८१.८२ अंक, उत्पादन १०.६५ अंक, अन्य ६.२१ अंक, माइक्राेफाइनान्स ९.६७ अंक, लाइफ इन्स्योरेन्स ११७.७२ अंक र सामूहिक लगानी कोष समूह ०.१ अंकले बढेकाे छ । 

यसैगरी, साेमबार खरिदबिक्री रकममा शिवम् सिमेन्ट्सले अग्रता कायम गरेको छ । शिवमको १२ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  त्यस्तै, दोस्रोमा शिखर इन्स्याेरेन्स र तेस्रोमा हिमालयन डिष्टिलरी परेका छन् ।

5e4a5eaac5a4c.jpg 5e4a5eae68667.jpg 5e4a5ebc339c7.jpg 5e4a5ec83cb2c.jpg 5e4a5ed001a0f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको