Like us!
Follow us!
Connect us!
Watch us!

‘भारु सटहीमा भारत सकारात्मक’

शुक्रबार, २० फागुन २०७३, १८ : ०३ मा प्रकाशित

‘भारु सटहीमा भारत सकारात्मक’


अर्थ संसार 
काठमाडौँ, २० फागुन । भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतले केही समयअघि प्रतिबन्धित गरेका पाँच सय र हजार दरका नोटको नेपालले सटही सुविधा प्राप्त गर्ने बताए । 

उद्योग मन्त्रालय तथा नेपाल लगानी बोर्डको आयोजनामा लगानी सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउनुभएका भारतीय अर्थमन्त्रीले आज पत्रकारसँग कुरा गर्दै नेपालमा प्रचलित ठूला दरका भारु नोटको सटहीका लागि नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाले आवश्यक ढाँचा तयार गरी सटहीको टुङ्गो लगाइने जानकारी दिए । 

नेपालले पूर्वाधार विकासमा खासगरी अन्तरदेशीय प्रसारण लाइन तथा यातायात पूर्वाधार तथा रेलसेवा विस्तारमार्फत नेपाललाई भारतसँग आर्थिक रुपमा जोड्ने प्रतिबद्धता जेट्लीले व्यक्त गरे । उनले खासगरी पछिल्लो समय भारतबाट नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आउने विश्वास पनि व्यतm गरे ।  रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको