Like us!
Follow us!
Connect us!
Watch us!

बढ्याे विदेशी मुद्राकाे विनिमयदर

निशा हुमाँगाई

शुक्रबार, ०३ माघ २०७६, ११ : ३२ मा प्रकाशित

बढ्याे विदेशी मुद्राकाे विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार साताकाे  अन्तिम दिन आज (शुक्रबार) कोरियन वनबाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । शुक्रबार नेपाली बजारमा एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७७ पैसा पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको १ को खरिददर ३१ रुपैयाँ ८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेकाे छ ।

त्यसैगरी, शुक्रबार एक कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ ७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०० रुपैयाँ १९ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७८ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर बिक्रीदर २८ रुपैयाँ तोकिएको छ । साउदी रियाल एकको खरिददर  ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा तोकिएको छ ।

यसका साथै, शुक्रबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा रहेको छ । यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ७४ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको