Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन २३ सयले बढ्यो सुनको मूल्य,तोलामा कति?

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, ११ : ०६ मा प्रकाशित

एकैदिन २३ सयले बढ्यो सुनको मूल्य,तोलामा कति?

नेपाली बजारमा साताको अन्तिम कारोबारका दिन आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबारका दिन बिहीबार ८ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार २३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजाबी सुन १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य एक हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदी शुक्रबार ५० रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको