Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड फाइनान्सको कर्मचारी खर्च ११ करोड, सञ्चालक र पदाधिकारीले तलव /भत्ता कति ?

अर्थ संसार

शुक्रबार, ०३ माघ २०७६, १९ : ०० मा प्रकाशित

युनाईटेड फाइनान्सको कर्मचारी खर्च ११ करोड, सञ्चालक र  पदाधिकारीले  तलव /भत्ता कति ?

अर्थ संसार, काठमाडौं–  पछिल्लो समय बैंक वित्तिय क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल युनाईटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा कर्मचारी खर्च ११ करोड ३७ लाख ४७ हजार ८१६ रुपैयाँ गरेको छ ।

त्यसै गरी अन्य संचालन खर्च ७ करोड ३५ लाख २६ हजार ९८६ रुपैयाँ गरेको छ ।  फाइनान्सले  गत वर्षमा अध्यक्षलाई बैठक भत्ता १ लाख ३० हजार, सञ्चालकहरुको बैठक भत्ता वापत ९ लाख २० हजार रुपैयाँ खर्च गरेको छ ।

त्यसै गरी अन्य पदाधिकारीहरुलाई तलव भत्ता, दर्शै खर्च र अन्य सुविधा गरी १ करोड २९ लाख ९६ हजार ३२२ रुपैयाँ खर्च गरेको छ ।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र ७.५२६३ प्रतिशत नगद लाभांश दिएको छ । फाइनान्सले  १५ औं वार्षिक साधारणसभा पुष २९ गते सम्पन्न गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको