Like us!
Follow us!
Connect us!
Watch us!
ईन्टरनेट अब १३ पैसा प्रतिएमबि सम्ममा प्रयोग गर्न सकिने

एनसेलले ल्यायो डे डेटा प्याक अफर

बुधबार, १९ असोज २०७३, ११ : १९ मा प्रकाशित

एनसेलले ल्यायो डे डेटा प्याक अफर

काठमाडौं– मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा ग्राहकका लागि सुलभ दरमा ईन्टरनेट प्रयोग गर्न सकिने डे डेटा प्याक ल्याएको छ । यसअन्र्तगत ग्राहकले अब बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको समयमा करबाहेक १३ पैसा प्रतिएमबिसम्ममा डेटा सेवा प्रयोग गर्न सक्ने छन् ।

योजना बुधबारबाट लागु हुनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार १ सय एमबिको दैनिक, ५ सय एमबिको साप्ताहिक अथवा २ हजार एमबिको मासिक डे डेटा प्याक खरिद गरी डेटा सेवाको उपयोग गर्न सक्छन् । १ सय एमबि दैनिक डे डेटा प्याक ग्राहकले २० रुपैयाँमा खरिद गरी प्रतिएमबि २० पैसामा ईन्टरनेट सेवा लिन सक्ने कम्पनीले जनाएको छ । साथै ५ सय एमबि डेटा भोल्युम भएको साप्ताहिक डे डेटा प्याक ८० रुपैयाँमा खरिद गरी प्रतिएमबि १६ पैसामा ईन्टरनेट सेवा लिन सक्ने कम्पनीको विज्ञप्तिमा छ ।

ग्राहकले २ हजार एमबि डेटा भोल्युम रहेको मासिक डे डेटा प्याक २ सय ५० रुपैयाँमा खरिद गर्न सक्छन् । यो डेटा प्याकअन्र्तगत ग्राहकले १३ पैसा प्रतिएमबिमा ईन्टरनेट चलाउन सक्छन्  ।
ग्राहकले यी डेटा प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सक्छन् । साथै आफूले लिन चाहेको प्याकको भोल्युम टाईप गरी अंग्रजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याक लिन सकिने कम्पनीले जनाएको छ ।

‘चाडपर्वको बेलामा आफ्ना परिवारजन, आफन्तहरु तथा साथीभाईसँग सम्पर्कमा रही खुसीयाली साट्न चाहन्छौं । हामीलाई विश्वास छ यो डे डेटा प्याक अफरले हाम्रा ग्राहकको बढ्दो संचार सेवाको मागलाई संबोधन गर्नेछ,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
 
ग्राहकले आफ्नो आवश्यकताअनुसार यी प्याकहरु जति पटक पनि लिन सक्ने कम्पनीले जनाएको छ । प्याकको समयावधि सकिएपछि हाल लाग्दै आएको करबाहेक ३ रुपैयाँ प्रतिएमबि शुल्क लागु हुने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । योजना १५ दिनसम्म संचालनमा रहने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको