Like us!
Follow us!
Connect us!
Watch us!

हुम्लामा कर्मचारी अभाव

सोमबार, १६ फागुन २०७३, १८ : २५ मा प्रकाशित

हुम्लामा कर्मचारी अभाव

हुम्ला-। यहाँको जिल्ला अदालत र अन्य सरकारी कार्यालय समेतमा कर्मचारी नभएको पाइएको छ । 

अन्य सरकारी कार्यालयमा पनि कर्मचारी अभाव भएको स्थानीय विकास अधिकारी बलदेवप्रसाद जैसीले बताउनुभयो । योजना तर्जुमा गोष्ठी र अन्य बैठकमा विभिन्न निकायका प्रमुखहरुको उपस्थिति हुने नगरेको उहाँले बताउनुभयो । 

गाविसबाट आएका योजना समावेश गर्न जिल्ला परिषद् हुने टुङ्गो लागेको छैन । प्रायः सरकारी कार्यालयमा प्रमुख छैनन् । मालपोत कार्यालयका लालप्रसाद ढकालले मुक्त हलियाका लागि कार्यालयमा परिचयपत्र दिने कामका लागि सधैँभरि भीड लाग्नेगरेको जानकारी गराउँदै कार्यालयको काम विस्तार हुँदैछ भन्नुभयो । 

सदरमुकाममा आएका हलियाहरु पैसा नपाउँदा रु छ हजारदेखि रु १० हजारसम्म होटलमै खर्च हुने गरेको सिमिकोटकै पिउली शाही र हरिवाने शाहीले पत्रकारलाई जानकारी दिनुभयो। रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको