Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसी सँग नेपाल ५ विकेटले विजयी

प्रजना राई

सोमबार, १८ कार्तिक २०७६, १५ : ५५ मा प्रकाशित

एमसीसी सँग नेपाल ५ विकेटले विजयी

अर्थ संसार,काठमाण्डौ - त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ५ विकेटले जीतेको छ । नेपालले  मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग जीत हासिल गरेको हो  । एमसीसीले जितको लागि २०२ रनको लक्ष्य दिएको थियो । 


एमसीसीले टस जितेर पहिले ब्याटिङ गर्दा ३९.२ ओभरमा सबै विकेट गुमाएर २०१ रन मात्रै बनाउन सकेको थियो । पहिले ब्याटिङ गरेको एमसीसीका लागि विल रोडसले ५४ रन बनाए । त्यस्तै, ओपनर विल्ली गोड्लेम्यानले ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए ।

नेपालले ३७.३ ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनायो। नेपालको तर्फबाट विनोद भण्डारीले अविजित ५२ रन बनाए । पवन सर्राफले पनि अविजित ३८ रन बनाए । 

नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशी र पवन सर्राफले समान ४।४ विकेट लिए । त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १।१ विकेट लिएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको