Like us!
Follow us!
Connect us!
Watch us!

गायक टोनी कक्कडलको काठमाडौंमा लाइभ प्रस्तुति हुदैँ

मिलन खड्का

मंगलबार, ३१ भदौ २०७६, ०८ : २४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-बलिउड पपुलर गायक टोनी कक्कडको पहिलो पटक काठमाडौंमा लाइभ प्रस्तुति गर्न लागेका छन्।  

‘कोका कोला तु’, ‘धिमे धिमे’, ‘मिले तो हुम’ ‘ओह हमसफर’ जस्ता चर्चित बलिउड गीतका गायक टोनी कक्कडको यो पहिलो पटक काठमाडौंमा लाइभ प्रस्तुति हुनेछ ।

सि. एन. आई. इभेन्ट्सको तर्फबाट आयोजना हुन लागेको ‘टोनी कक्कड लाइभ इन नेपाल’मा टोनीले प्रस्तुति दिदै छन्।  

कार्यक्रम यहि (सेप्टेम्बर १९) असोज २ गते बिहिबार ठमेलस्थित ‘क्लब फहरेन्हाइट’मा हुनेछ । भिजिट नेपाल २०२० को अबसरमा हुन लागेको भनिएको उक्त कार्यक्रममा उपस्थित भइ साथ दिन टोनीले एक भिडियो सन्देशमार्फत आग्रह पनि गरेका छन् ।

टोनीको कार्यक्रमको ओपनिङमा दि फ्रिकस्ट्रिट ब्याण्डले प्रस्तुति दिनेछ ।

कार्यक्रम बिहिबार राती ८ बजेबाट सुरु भइ बिहान ४ बजेसम्म चल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको