Like us!
Follow us!
Connect us!
Watch us!

मोटरहेड मोटरसाईकल स्वरुम खुल्यो टेकुमा

मिलन खड्का

सोमबार, ३० भदौ २०७६, १४ : ४५ मा प्रकाशित

मोटरहेड मोटरसाईकल स्वरुम खुल्यो टेकुमा

अर्थ संसार, काठमाडौं- प्रतिष्ठित ब्रान्ड मोटरहेड मोटरसाईकल को ७ औंडिलरसिप इको इक्जीम नेपाल प्रा.लि. काठमाडौंको टेकुमा खुलेका छ ।

सोरुमको उद्घाटन मोटरहेड मोटरसाईकलको आधिकारिक बिक्रेता एस.एल.आर टेक्नो एण्ड ट्रेड कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरेज्यूले गर्नु भएको हो । यस स्वरुममा हाल ५ थरि मोडलका मोटरसाइकल उपलब्ध रहेका छन् जसमा टेक्कन २५० को ६ गेयर र २२३ सिसि यस मोडलमा हाईडोलिक डिस्कब्रेक रहेको छ जसको बजार मूल्य रू ३,७५,०००/- रहेका छ, स्पोर्ट २५० को  ६ गेयर र २२३ सिसि यस मोडलमा हाईडोलिक डिस्कब्रेक रहेको छ जसको बजार मूल्य ३,६५,०००/- तोकिएका छ, स्क्रयाम्बलर २५० मा ६ गेयर र २२३ सिसि मोडलमा हाईडोलिक डिस्कब्रेक सहित यसको बजार मूल्य मूल्य ४५०,०००/- रहेको छ अर्को नयाँ मोडलमा एम एच २०० एक्स ६ गेयर र, १९९ सिसि क्षमतामा रहेको छ जसको बजार मूल्य ३,७२,०००/- रहेको छ त्यसै गरि  एमएच १५० आरमा ५ गेयर सहित १४९ सिसि हाईडोलिक डिस्कब्रेक रहेको छ, उक्त मोटरसाइकलका बजार मूल्य  मूल्य २,७८,०००/- रहेको छ ।

नेपालका प्रमुख शहरहरुमा उपलब्ध हुने यि मोडेलका नयाँ मोटरसाईकल नेपालका लागि मोटरहेड मोटरसाईकलको आधिकारीक बिक्रेता एस.एल.आर टेक्नो एण्ड ट्र्ेडले सार्वजनिक गरेको हो, मोटरहेडका प्रत्येक बाईकको खरिदमा निशुल्क थर्डपाटि इन्स्योरेन्स र एक वर्षको रोड ट्याक्स सहित हेलमेट, टिर्सट र बाईक कबर पाईने छ । साथमा स्क्याच एण्ड विन अन्र्तगत स्योर सट ५ हजार देखि २५ हजारसम्म नगद जित्न सकिने एस.एल.आर टेक्नो एण्ड ट्र्ेडका बिजनेश डेभलेपमेन्ट हेड साइमन रसाइलीले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको