Like us!
Follow us!
Connect us!
Watch us!

बालबालिकालाई प्रविधिसँग जोड्दै

विहीबार, ०५ फागुन २०७३, १६ : ४८ मा प्रकाशित

बालबालिकालाई प्रविधिसँग जोड्दै

बिर्तामोड- पछिल्लो समयमा राजनीतिक दलले समाजमा रचनात्मक तथा नौलो काम गरेर देखाउन थालेका छन् । हालै मात्र नेपाली काँग्रेसले मेचीनगरका मुलुकमै पहिलो पटक स्वास्थ्य महोत्सव गरी जनतालाई निःस्वार्थ रुपमा सेवा प्रदान गरेको थियो । लगत्तै नेकपा (एमाले) ले पनि मेचीनगरमै फरक खालको कार्यक्रम गर्ने योजनामा छ, त्यो हो बाल उत्सव । 

एमाले झापा क्षेत्र नम्बर १ ले झापाको धुलाबारीमा बाल उत्सव आयोजना गर्ने तयारी थालेको हो । उत्सवले यतिबेला मेचीनगरमा एउटा नयाँ तरङ्ग ल्याएको छ । किनकि विश्व प्रविधिसँग यहाँका बालबालिकालाई उत्सवले जोड्ने प्रयास गरेको छ । 
यो उत्सवले यस क्षेत्रमा रहेका विद्यार्थीलाई सहभागी गराएर प्रविधिबारे ज्ञान दिन लागेको छ । तीन दिने यो उत्सव धुलाबारीमा फागुन ९, १० र ११ गते आयोजना गरिने भएको हो । 

‘शिक्षा र स्वास्थ्य बालअधिकार, आजका बालबालिका भविष्यका आधार’ भन्ने नाराका साथ बाल उत्सव गर्न लागिएको हो । बाल उत्सव मूल आयोजक समितिका संयोजक विष्णु प्रसाईंले बालबालिकालाई नयाँ उचाइका साथ सिकाइको नयाँ चरणमा प्रवेश गराउन उत्सव आयोजना गरिएको बताउनुभयो । बालबालिकामा अध्ययनप्रति अभिरुचि जगाउने उत्सवको मुख्य उद्देश्य हो । 

“समृद्ध नेपाल निर्माणका लागि सक्षम र योग्य नागरिक पहिलो सर्त हो,” उहाँले भन्नुभयो – “उत्सवमा पहँुच बाहिर रहेका बालबालिकालाई एउटै थलोमा राखेर शिक्षा दिन लागेका हौँ ।” 
पठन संस्कृति र हाम्रो अभ्यास, अभिभावक शिक्षा र विद्यालय, बालमैत्री शासन व्यवस्था, नेपालको संविधान र बालअधिकार तथा वैदेशिक रोजगार बाल मनोविज्ञानका विषयमा गम्भीर बहस हुने आयोजक समितिका सचिव चेतन विष्टले बताउनुभयो । ती विषयमा विज्ञ तथा विशेष व्यक्तिले आ–आफ्नो प्रस्तुति दिने छन् । 

त्यस्तै बाल महोत्सवमा विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी तारामण्डल प्रदर्शनी तथा नृत्य, सामान्य ज्ञान, चित्रकला, कविता प्रतियोगितालगायत मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । तारामण्डल प्रदर्शनीमा दुई हजार विद्यार्थीलाई निःशुल्क अवलोकन गराइने आयोजकले जनाएको छ । त्यस्तै, साना नानीका लागि बाल उद्यान तथा खेलकुद सञ्चालन गरिने छ । 

यसैगरी उत्सवमा २० जना विभिन्न क्षेत्रका अगुवाले आफ्नो बाल्यकालका बारेका अन्तक्र्रिया गर्ने छन् । उत्सवका लागि करिब रु १२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । 
एमाले सांसद रविन कोइरालाले बालबालिकाको सर्वाङ्गीण विकास गर्ने हेतुले बृहत् बाल महोत्सवको परिकल्पना गरिएको बताउनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको