Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफ इन्स्योरेन्सले गर्यो अभिकर्ता सम्मान

अर्थ संसार

शनिबार, २८ भदौ २०७६, १७ : ५९ मा प्रकाशित

सूर्या लाइफ इन्स्योरेन्सले गर्यो अभिकर्ता सम्मान

अर्थ संसार, डडेलधुरा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड डडेलधुरा शाखाले अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा आफनो नीजि कोड र टिम व्यावसायका अधारमा प्रथम तीन / तीन जनालाई सम्मान गरेको छ । उक्त कार्यक्रममा नीजि कोड तर्फ प्रथम हरि सिँह पाली, दोस्रोमा भुवन सिँह भाट र तेस्रोमा गोमति पन्त रहेको छन्  ।

त्यसै गरी  टिम व्यावसायमा प्रथम टेक राज पनेरु दोस्रोमा हरि सिँह पाली र तेस्रोमा केशव राज भट्ट रहेको थिए भने त्यसै कार्यक्रमका बिचमा दुइ जना ऐजेन्सि मेजेजर हरु केशवराज भट्ट र भुवन सिँह भाटले आफनो टिममा राम्रो सहयोग गर्ने टप तीनजना लाई सम्मान पनि गरेका थिए ।

उक्त कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक किरण गौतम ले सुर्या लाईफ  अबको नेपालको नम्बर १ जीबन बीमा कम्पनी बन्ने दावी गर्नुभएको थियो  । हामी हरेक इन्डीकेटरमा राम्रो हुँदै गैरहेकोले अब पहिलेको सूर्या लाइफ भन्दा फरक सूर्यालाइफ तपाइ हामी मिलेर बनाउनुपर्ने छ भन्नु भयो ।

आफनो मन्तव्यमा उहाँले सबैलाइ गरे पनि सूर्या र मरे पनि सूर्या भनेर सबै लाई सपत पनि खुवाउनु भएको थियो । त्यसतै बिशिष्ट अतिथी तथा एरिया मेनेजर हिरालाल चौधरीले दिनको ५ रुपैयामा अब बिमा गर्न सकिन्छ र बिमा गर्ने बिमीत गाह्रो साह्रो परे हामी सहयोग गर्छौ र तपाइको पनि मासिक तलक कमसेकम २५००० कमाइ स्वरोजगर बन्न र बनाउनहुन आग्रह गरेका थिए ।

कार्यक्रम नेपालको राष्ट्रीयगान बाट र पानसमा बत्ती बलेर शुरु गरिएको थियो भने कार्यक्रमको सभाध्यक्ष डडेलधुराको शाखा प्रमुख रामदत्त भट्ट रहेको भियो भने प्रमुख अतिथी कंम्पनीको सहायक महाप्रबन्धक किरण गौतम रहनु भएको  थियो भने बिशिष्ट अतिथिमा यस कंम्पनीका एरिया प्रबन्धक हिरालाल चौधरी रहनु भएको थियो भने कार्यक्रम संचालन इश्वरी दत्त जोशी रहनु भएकोथियो ।

5d7cdafd4cb02.jpg 5d7cdb13b00c4.jpg 5d7cdb1be7018.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको