Like us!
Follow us!
Connect us!
Watch us!

‘हाइड्रो र ठूला प्रोजेक्टमा अहिले जसरी लगानी भइरहेको छ अब त्यसरी गर्दैनौं ’ : उपेन्द्र केशरी न्यौपाने- अध्यक्ष,नेपाल क्रेडिट एण्ड कमर्स बैंक (भिडियोसहित)

मिलन खड्का

शुक्रबार, २७ भदौ २०७६, १० : ३५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–नेपाल क्रेडिट एण्ड कमर्स बैंकले  २० र २१  औं वार्षिक साधारणसभा सम्पन्न गरेको  छ । संचालक समितिको अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा भएको साधारणसभाले विशेष र साधारण प्रस्तावहरु पारित गरेको  थियो ।

साधारण सभा पश्चात कम्पनीको पुँजी ८ अर्ब १३ करोड पुगेको र अब सबै बैंकिंङ्ग कार्यक्रमहरू सहजतापूर्वक अगाडी बढाउन सक्षम भएको अध्यक्ष उपेन्द्र केशरी न्यौपाने बताए ।

अब आफूहरुको मुख्य नीति भनेको सबै स्थानीय तहमा बैंकलाई पुर्याउने रहेको बताए।  बैंकले अब आफ्नो लगानीलाई अझै विविधिकरण गर्ने र मध्यम खालको लगानीलाई प्राथमिकता दिने र बैंकको लगानीको ६०– ७० प्रतिशत लगानी  पुर्याउने लक्ष्य लिएको बताए। बैंकले अब कृषि  र पर्यटन क्षेत्र लाई पनि आफ्नो बैंकले प्राथमिकताको रुपमा लिने उनको भनाइ छ ।

अबका दिनमा हाइड्रो र ठूला प्रोजेक्टमा अहिले जसरी लगानी भइरहेको छ त्यसरी अब नगर्ने र यसलाई अझ वेबस्थित गर्ने बताए।  

न्यौपानेले अनुसार बैंकको ठुला जोखिमहरु तीन प्रकारका छन्। उनका अनुसार ठुला लगानीकर्ताको समर्थन र विरोधका कारण बैंकमा असर गर्ने कारण ठुलो लगानीलाई जोखिम मान्छन न्यौपाने।  तेस्तै ठुला डिपोजिट कर्तालाई अर्को जोखिम मान्छन , किनकि ठूला जमाकर्ताले जुनै पनि समय आफ्नो डिपोजिट निकाल्न सक्छन। र अन्तमा बैंकको लगानी पनि बैंकले  जोखिको रुपमा लिएको हुन्छन किनकि कुनै लगानी मा दुर्घटना हुदा तेस्ले पुरै बैंकलाई असर गर्न सक्छ।   त्यसैले यस्ता जोखिम लाई कम गर्न बैंकले अब मध्यम स्तरको लगानीको नीति लिएको बताउँछन न्यौपाने।

साधारण सभापछि नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल राष्ट्र बैंकको  सबै नियमहरु अनुपालन गरेको र अब अरु वाणिज्य बैंकहरु सरह नै आफ्नो बैंक पनि सबल बनेकोले आउने दिनहरुमा आफ्नो उपस्थिति पनि प्रथम बैंकहरू सरह नै हुने उद्रित गरे। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको